२४ घन्टामा थपिए ३११ जना कोरोना संक्रमित

Top Post समाचार

१३ साउन, काठमाडौं । मंगलबार थप ३११ जनामा कोरोना भाइरस (कोभिड -१९) संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नयाँसहित कूल संक्रमितको संख्या १९ हजार ०६३ पुगेको हो ।सोमबार मात्रै १३९ जनामा कोरोना संक्रमण देखिएको थियो।

मंगलबारसम्म कोरोनाका संक्रिय बिरामीको संख्या ५ जहार १सय ३९ पुगेको छ। जसमध्ये प्रदेश १ मा २१७ जना, प्रदेश २ मा १ हजार ९ सय २२ जना , बागमती
प्रदेशमा ४६१ जना, गण्डकी प्रदेशमा २६० जना , प्रदेश ५ मा ३९९ जना, कर्णाली प्रदेशमा ३७९ जना र सुदूरपश्चिम प्रदेशमा १हजार ५०१ जना रहेका  छन्।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १२१ जनाले कोरोना जितेर घर फर्किएका छन्। योसहित कोरोना जित्नेको कुल संख्या १३ हजार ८७५ पुगेको छ।