भारी वर्षा अझै कहिले सम्म ?

Top Post समाचार

६ साउन, काठमाडौं । नेपालमा अझै चार दिनसम्म भारी वर्षात् हुने भएको छ।

न्यूनचापीय रेखा नेपाली आकाशमाथि आएर बसेको र उक्त रेखा नहटेसम्म वर्षात जारी रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

विभागका महानिर्देशक सरजुकुमार वैद्यले मुलुकको मौसमी अवस्थाबारे सोमबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन अनन्तलाई ब्रिफिङ गरेका हुन्। त्यस क्रममा वैद्यले साउन ९ पछि मात्र क्रमशः पानी पर्ने क्रम कम भएर जाने उल्लेख गरे।

उनका अनुसार नेपालको प्रदेश–१, प्रदेश–२, वाग्मती, गण्डकी, प्रदेश–५ र सुदूरपश्चिम प्रदेशमा घना वर्षा भइरहेको छ। पछिल्लो २४ घण्टामा मुलुकको अधिकांश स्थानमा एक सय मिलिलिटर वा सोभन्दा बढी पानी परिरहेको वैद्यले बताए। यो मात्र अझै बढेर २ सय मिलिलिटर पार्नी पर्ने सम्भावना छ। न्यून चापी रेखा पश्चिमबाट पूर्वतिर सरेकाले केही दिन पूर्वपहाडी क्षेत्रमा अत्याधिक वर्षातको सम्भावना रहेको वैद्यले बताए।