५ साउन, काठमाडौं। लकडाउन अझै लम्बिने भएको छ । सरकारले आज मन्त्रिपरिषद् बैठकमा त्यसबारे निर्णय लिने भएको छ ।
७ साउनसम्मका लागि रहेको लकडाउन लम्ब्याउने निर्णय गरिने भएपनि ढाँचा भने परिवर्तन हुनेछ । विगतमा भन्दा लकडाउन केही खुकुलो बनाइने सरकारको विश्वस्त स्रोतले जानकारी दिएको छ ।
यसअघि हिजो कोभिड-१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले नयाँ ढाँचाबारे प्रस्ताव तयार गर्दैछ । यसलाई मन्त्रिपरिषदमा निर्णयका लागि लगिदैछ । सीसीएमसी सचिवालयका संयोजक समेत रहेका प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले ७ साउनको ढाँचाबारे सुझाव संकलन गरी छलफल भइरहेको जानकारी दिए ।