साउन ५ देखि सार्वजनिक यातायात सञ्चालन गर्न व्यवसायी तयार

Top Post समाचार

४ साउन, काठमाडौं । सरकारको निर्णयअनुसार भोलि (सोमबार) देखि सवारीसधान सञ्चालन गर्न व्यवसायीहरू तयार भएका छन् ।

आज यातायात व्यवस्था विभागमा भएको छलफलमा व्यवसायीहरूले भोलि ५ साउनदेखि यातायात सञ्चालन गर्ने बताएका हुन् ।

सरकारी निर्णयअनुसार व्यवसायी र यातायात मजदुरहरूका प्रतिनिधिहरूसँगको छलफलपछि उनीहरू सञ्चालन गर्न तयार भएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिए ।