खड्गप्रसाद ओलीलाई प्रमबाट बिदा गर्नुहोस् : गगन थापा

Top Post समाचार

आफ्नो फेसबुक पेजमार्फत् थापाले प्रधानमन्त्रीले दिएको पछिल्लो अभिव्यक्तिलाई नेकपाको आन्तरिक किचलोमा आफ्नो कुर्ची जोगाउन योजनाबद्ध ढङ्गले उठाएको अस्त्रको रुपमा व्याख्या गरेका छन् ।

उनले भनेका छन् ‘प्रधानमन्त्रीज्यूको अभिव्यक्तिमा प्रतिक्रिया देख्दा धेरैले ‘जे पनि बोल्ने’ प्रमको पुरानै प्रवृत्ति हो र यो पनि उट्पट्याङ शैलीबाट आएको क्षणिक आवेगको रुपमा लिएको पाएँ । मेरो विचारमा प्रमलाई यसबारेमा राम्रोसँग थाहा छ । यस्तो अभिव्यक्ति दिँदा भारतबाट विविध प्रतिक्रिया आउँछ । त्यसका आधारमा देशभित्र उत्पन्न परिस्थितिको जगमा आफूलाई’कथित राष्ट्रवादी’बनाउने र पार्टीभित्रको विद्रोह थाम्ने कडीका रूपमा नै केपी ओलीबाट संवेदनशील विषयमा यस्ता असंगत अभिव्यक्ति आएको हो ।’