काठमाडौंमा थप २७ जनामा कोरोनाको संक्रमण पुष्टि

Top Post समाचार

२१ असार, काठमाडौं । काठमाडौंमा थप २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु, वीर अस्पताल र त्रिवि शिक्षण अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका थप २७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

उनका अनुसार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा २१ जना, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पाँच जना र वीर अस्पतालको प्रयोगशालामा एक जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो।