ओली दाहाल बीचको छलफल विना निष्कर्ष सकियो

Top Post समाचार

२१ असार, काठमाडौं । सत्ताधारी पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद समाधान गर्न पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीचमा बसेको बैठक विना निष्कर्ष सकिएको छ ।

बालुवाटार स्रोतका अनुसार नेताहरु वीचमा सघन ढंगले कुरा भए पनि निर्णयमा पुग्न सकेन । बैठकमा ओली तर्फबाट ईश्वर पोखरेल, बिष्णु पौडेल र संकर पोखरेल सहभागी थिए भने प्रचण्ड तर्फबाट जनार्दन शर्मा र बर्षमान पुन सहभागी थिए ।

यधपि भोलि बिहान पुनः छलफल गर्ने सहमति गर्दै आजको छलफल सम्पन्न भएको छ।