थप ४७३ जनामा कोरोना सं‌क्रमण, काठमाडौंमा २८ जना

Top Post समाचार

१८ असार, काठमाडौं । बिहीबार थप ४ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये २८ जना काठमाडौं जिल्लाका रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा कोरोना संक्रमितको कुल स‌ंख्या १४ हजार ५१९ पुगेको छ । बिहीबार नै भक्तपुर र ललितपुरमा पनि २/२ जना संक्रमित भेटिएका छन् ।