महामारी निम्त्याउन सक्ने अर्को भाईरस फेला

Top Post समाचार
१६ असार, काठमाडौं । वैज्ञानिकहरुले चीनमा सुगुरबाट सर्ने नयाँ फ्लु पत्ता लगएका छन धेरै बैज्ञानिकहरुले यस्लाई माहामरी निम्त्याउन सक्ने आसन्का गरेका छन् ! प्रोसिडिङ्स अफ द नेसनल एकाडेमी अफ साइन्सेसको जर्नलमा लेख्दै वैज्ञानिहरुले भनेका छन्, यो नयाँ भाइरस हो र यसप्रति मानिसमा निकै कम प्रतिरोधी क्षमता हुन सक्छ या नहुन पनि सक्छ । यो भाइरसलाई सुँगुरमा नियन्त्रण गर्ने उपाय तत्काल लागू गर्नुपर्ने र सुँगुरको मासुको उद्योगमा कार्यरत कर्मचारीको नजिकबाट निगरानी गर्नुपर्ने उनीहरु बताउँछन् ।
अहिले कोरोनाभाइरसको महामारीलाई अन्त्य गर्न जुधिरहँदा वैज्ञानिकहरु इन्फ्ल्युएन्जाको नयाँ स्ट्रेन लगायत अन्य सम्भावित रोगहरुका बारेमा पनि अध्ययन गरिरहेका छन् । सन् २००९ मा मेक्सिकोबाट सुरु भएको स्वाइन फ्लु पहिले सोचेभन्दा कम खतरनाक रहेको पाइएको थियो । किनभने यसको भाइरस त्यसअघिका फ्लुका भाइरससँग मिल्दोजुल्दो रहेको पाइयिएको छ! -स्रोत बिबिसी