गोरखामा थप १८ जनामा कोरोना, संक्रमित संख्या ६९ पुग्यो

Top Post समाचार

९ असार, गोरखा । गोरखामा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार दिउँसो जिल्लाका बिभिन्न पालिकाको क्वारेन्टिनमा रहेका १८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ जसमध्ये ८ महिला र १० पुरुष रहेका छन् ।

संक्रमित देखिएका मध्ये सबै भन्दा बढी भीमसेन थापा गाउँपालिकाका रहेका छन् । जहाँ ८ महिला सहित १२ जना छन्।

त्यस्तै शहिद लखन गाउँपालिकामा ३ जना संक्रमित थपिएका छन । जो तिनै जना पुरुष छन । त्यस्तै संक्रमण देएिउका मध्ये वारपाक सुलिकोट गाउँपालिकाका १, गण्डकी गाउँपालिकाका १, अजिरकोट गाउँपालिकाका १ पुरुष रहेका छन् ।