४ असार, काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले “नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७“ प्रमाणीकरण गरेकी छिन् ।
संघीय संसदको दुवै सदनको बैठकबाट पारित भएको विधेयक संविधानको धारा २७४ को उपधारा (१०) बमोजिम राष्ट्रपतिले प्रमाणीकरण गरेकी हुन् ।
राष्ट्रपतिले प्रमाणीकरण गरेपछि बिहीबारदेखि नै नेपालको सरकारी कामकाजमा नयाँ निशान छाप प्रयोगमा आउनेछ ।
