टुंडिखेलमा राष्ट्रघातीलाई झुन्ड्याउनु पर्दैन ? : राजेन्द्र महतो

Top Post समाचार

३१ जेठ, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का नेता राजेन्द्र महतोले राष्ट्रघातिलाई टुंडिखेलमा झुन्ड्याउनु पर्दैन भनेर प्रश्न गरेका छन् र  लिम्पियाधुरासम्मको भूमि नेपालकै भएकाले जसरी पनि फिर्ता ल्याउनुपर्ने बताएका छन् । संविधान दोस्रो संशोधन विधेयक प्रस्तावमाथिको छलफलमा महतोले राष्ट्रियताको विषयमा कोहीसँग सम्झौता हुन नसक्ने भन्दै भूमि फिर्ता ल्याउनकै लागि सरकारलाई आफूहरूले साथ दिएकाे बताएका हुन् । महतोले मधेसिहरू सिमाको सच्चा पहरेदार  वताएका छन् ।

राष्ट्रियतासँग जोडिएको अत्यावश्यक विषय भएकाले संविधान संशोधनको पक्षमा आफूहरू उभिएको उनले बताए ।