कुवेतवाट नेपालिहरू काठमाडौं आईपुगे

Top Post समाचार
२९ जेठ, काठमाडौं । कुवेतमा आममाफी पाएर आश्रय क्याम्पमा बसिरहेका नेपाली महिलाहरु आज काठमाडौं आइपुगेका छन् । उनीहरु केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका छन् ।
‘विमानमा रहेका भनेर १५० जनाको विवरण टिपाइएको छ,’ विमानस्थल स्रोतले भन्यो, ‘विमानबाट ओर्लिएपछि संख्या यकिन हुने छ ।’ उनीहरुलाई कुवेतले नै काठमाडौं ल्याइदिएको हो । उनिहरूलाई सुरक्षित गन्तव्यमा लगेर क्वारेन्टिनमा राखिने जनाईएको छ ।
सरकारले विदेशमा अलपत्र नेपालिहरूलाई ल्याउने क्रम जारि छ।