२८ जेठ, गोरखा । गोरखामा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
उनिहरु भिमसेन थापा गाउँपालिकाका हुन् । कोरोना संक्रमण पुष्टि भएका ४ जना मसेल, बगुवा र अश्राङ्ग का रहेका छन्। २ जना अश्रांग र बाँकि २ जना बगुवा र मसेलका रहेका गाउँ पालिका अध्यक्ष इश्वर पाण्डेले जानकारी दिनु भयो।
अस्पताल टेकुको परीक्षणमा एक महिला र तीन जना पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । यो संगै गोरखामा कोरोना संक्रमितको संख्या १४ पुगेको छ ।