२५ जेठ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ताबाट डाक्टर विकास देवकोटालाई हटाइएको छ ।
उनको ठाँउमा डाक्टर जागेश्वर गौतमलाई दिइएको छ। उनलाई हालै मात्र परोपकार प्रसुति तथा स्त्री रोग अस्पतालबाट मन्त्रालय तानिएको थियो।
डाक्टर विकास देवकोटालाई गुणस्तर मापन महाशाखा पठाइएको मन्त्रालयले जनाएको छ ।
कोरोनाभारइसको संक्रमण सुरू भएदेखि देवकोटा प्रवक्ता थिए। उनले नै मन्त्रालयको नियमित अपडेट गराउँदै आएका थिए । पछिल्लो समय मन्त्रालयले व्यापक रूपमा कर्मचारी सरूवा र हेरफेर गरेको छ।