एकैदिन थपिए २७८ संक्रमित, संक्रमितकाे संख्या ३ हजार नजिक

Top Post समाचार

२३ जेठ, काठमाडौँ। पछिल्लो २४ घण्टामा नेपालमा २ सय ७८ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकाश देवकोटाले नियमित प्रेस व्रिफिङमा यसकाे पुष्टि गर्दै नेपालमा संक्रमितको संख्या २ हजार ९ सय १२ पुगेको जानकारी दिए।

यस्तै पछिल्लो बिवरणनुसार थप ४३ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन्। यससँगै कोरोनाभाइरस संक्रमण निको भएर अस्पतालबाट डिस्चार्ज हुनेका संख्या ३ सय ३३ पुगेको छ। निकाे हुनेमा २ सय ७२ जना पुरूष र ६१ जना महिला रहेका छन्।