कोरोना भाइरसबाट पाकिस्तानमा मन्त्रीको मृत्यु

अन्तरास्ट्रिय

२१ जेठ, एजेन्सि । कोराना भाइरस (कोभिड–१९) का कारण पाकिस्तानको सिन्ध प्रदेशका एक मन्त्रीले ज्यान गुमाएका छन् । सिन्ध प्रदेशका मावन व्यवस्थापन मन्त्री गुलाम मुर्ताजा बालोचको मंगलबार मृत्यु भएको हो ।

उनको मृत्यु भएको पुष्टि गर्दै सिन्धका मुख्यमन्त्री मुराद अली शाहले उनको मृत्युबाट एक असल सहयोगी गुमाएको र यसले सिन्ध सरकारले ठूलो क्षति व्यहोरेको बताएका छन् । सिन्ध सरकारका प्रवक्ता मुर्तजा वहाबले पनि ट्विटरमा लेख्दै बालोचलाई श्रदाञ्जली दिएका छन् ।