मनिषा कोइराला भैरहवा नाका हुँदै नेपालमा, होटलमा क्वारेन्टाइन बस्ने

मनोरन्जन

२० जेठ, काठमाडौँ। मंगलबार बेलहिया नाकाबाट अभिनेत्री मनिषा कोइराला स्वदेश फर्किएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले बताए । उनी आफ्नो बुबा र आमासँगै निजी गाडीमा स्वदेश आएकी हुन् ।

सीमा पुगेकी उनलाई नेपाली सेनाको एक टोलीले तत्काल पिकअप गरेर लगेको प्रत्यक्षदर्शीले बताएका छन् । सीमामा उनी र उनको परिवार धेरै बेर रोकिनु परेन । ‘मनिषा कोइराला आएको भन्ने बेलहियाबाट जानकारी पाएको छुुु,’ प्रजिअ पन्थले भने, ‘जिल्ला प्रशासनसगँ कुनै समन्वय नभएको हुदाँ अरु विषय थाहा भएन । बेलहिया नाकाबाट आएको उनको परिवारमा होटलमा क्वारेन्टाइन बस्ने बताइएको छ ।’