थप २८८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २ हजार नाघ्यो

Top Post स्वास्थ्य

२० जेठ, काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप २ सय ८८ जना कोरोना संक्रमित थपिएको जानकारी दिएको । मन्त्रालयका प्रवक्ता डा. विकाश देवकोटाले नियमित प्रेस व्रिफिङको क्रममा नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ९९ पुगेको जानकारी दिए।

यसैगरी ४५ जना कोरोनाभाइरस संक्रमित निको भएर घर फर्किएको प्रवक्ता डा. देवकोटाले बताए। यससँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेहरुको संख्या २ सय ६६ पुगेको छ। जसमध्ये २ सय १२ जना पुरुष र ५४ जना महिला रहेका छन्।