कोरोना भाइरसले खाडी मुलुकमा ९३९ को मृत्यु

अन्तरास्ट्रिय

काठमाडौं- लाखौं नेपालीहरु कार्यरत खाडीका ६ मुलुकमा कोरोना भाइरसले ९३९ जनाको मृत्यु भएको छ भने १ लाख ९९ हजार ९९५ जना संक्रमित भएका छन् ।

खाडीका ६ राष्ट्रमध्ये साउदी अरवमा अहिलेसम्म सबैभन्दा धेरै ४२५ जनाको मृत्यु भएको छ । त्यहाँ ७८ हजार ५४१ जना संक्रमित भएका छन् ।

यस्तै यूएईमा २५५ जनाको मृत्यु भएको छ भने ३१ हजार ९६९ जना संक्रमित भएका छन् । कोरोना भाइरसको संक्रमणले कुवेतमा १७५ जनाको मृत्यु भएको छ भने २३ हजार २६७ जना संक्रमित भएका छन् ।

यस्तै ओमानमा ३९ जनाको मृत्यु भएको छ भने ८ हजार ३७३ जना संक्रमित भएका छन् ।

कोरोना भाइरसको संक्रमणले कतारमा ३० जनाको मृत्यु भएको छ भने ४८ हजार ९४७ जना संक्रमित भएका छन् ।

कोरोना भाइरसको संक्रमणले बहराइनमा १५ जनाको मृत्यु भएको छ । त्यहाँ ९ हजार ६९२ जना संक्रमित भएका छन् ।

बैदेशिक रोजगारीमा रहेका लाखौं नेपालीहरु रहेका खाडी मुलुकमा संक्रमण बढ्दै जादा उनीहरु चिन्तित हुन थालेका छन् ।