गण्डकी प्रदेशमा थप एक जनामा काेराेना पुष्टी भएकाे छ । बिहिबार बिहान नवलपुरका १ जना पुरुषमा कोरोना पुष्टि भएको हाे ।
नवलपुरको देवचुली नगरपालिकाका १९ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
चितवनस्थित भरतपुर कोरोना प्रयोगशालामा गरिएको परीक्षणमा नगरपालिकाको क्वारेन्टाइनमा बसेका ती पुरुषमा कोरोना पुष्टि भएको हो ।
बिहिबार बिहान मात्रै स्याङ्जाका तिन जनामा पनि काेराेना पुष्टी भएकाे थियाे । यससंगै गण्डकी प्रदेशमा काेराेना संक्रमितकाे संख्या १६ पुगेकाे छ ।