काठमाडौंको नागर्जुन नगरपालिकाले औषधीबाहेकका सम्पूर्ण पसलहरु बन्द निर्देशन दिइएको छ । नगरपालिकाको वडा नम्बर ९ र १० का औषधीबाहेकका सम्पूर्ण पसलहरु बन्द निर्देशन दिएको हो।
कोरोना संक्रमितको संख्या बढ्दै गएसँगै नागर्जुनको वडा नम्बर ९ र १० उच्च जोखिममा भएको भन्दै वडा कार्यालयले बिहीबार एक सूचना जारी गर्दै औषधी पसलबाहेक फलफल, तरकारी खाद्यान्न, मासु पसलहरु शुक्रबार बिहान ९ बजेदेखि अको सूचना प्रकाशित नहुन्जेलसम्मका लागि बन्द गर्न निर्देशन दिइएको छ ।
सूचनालाई अवज्ञा गरी पसल खोलेको थाहा पाइएमा कानुन बमोजिम कडा कारबाही गरिने समेत नगरपालिकाले जानकारी गराइएको छ ।
कोरोना संक्रमण नियन्त्रण गर्ने कार्यमा सहयोग पुर्याउन सम्पुर्ण नगरवासीमा अनुरोध गरेको छ ।
हेर्नुस् सुचना :