काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार साँझ सरकारका तीन मन्त्रीको नाम टुंगो लगाएकी छिन्, जसअनुसार पूर्वसचिव रामेश्वर खनाललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिन लागिएको छ।
प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार, खनाल सहित अन्य दुई मन्त्रीले सोमबार शपथ ग्रहण गर्ने कार्यक्रम तय गरिएको छ। खनाल अर्थ प्रशासनका अनुभवी तथा सम्मानित व्यक्तित्व मानिन्छन्।
खनालले विगतमा अर्थ मन्त्रालयको सचिवको हैसियतले काम गर्दा प्रशासनिक तथा नीतिगत सुधारमा उल्लेखनीय योगदान दिएका थिए। उनी इमानदार र दूरदर्शी प्रशासकको रूपमा चिनिन्छन्, जसले नेपालको अर्थतन्त्र सुधार गर्ने दिशामा निरन्तर काम गर्दै आएका छन्।