धादिङको खरी केन्द्रविन्दु वनाएर ६.१ म्याग्निच्युडको भूकम्प

Headlines समाचार

काठमाडौं । धादिङको खरी केन्द्रविन्दु वनाएर आज बिहान भूकम्प गएको छ । बिहान ७ बजेर ३९ मिनेटमा धादिङ केन्द्र बनाएर भूकम्प गएको भूकम्पविद् भरत कोइरालाले जानकारी दिए ।

“धादिङ खरी केन्द्र बनाएर ६.१ म्याग्निच्युडको भूकम्प गएको हो,” भूकम्पविद् कोइरालाले भने, “यो नयाँ भूकम्प होइन परकम्प हो ।”
भूकम्पको धक्का धादिङ, गोरखा, नुवाकोट, काठमाडौं उपत्यकालगायत क्षेत्रमा महसुस गरिएको थियो ।