मुलुकभर निर्वाचन तयारी पूरा

Top Post समाचार

काठमाडौं ।आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारी पुरा भएको छ । निर्वाचन आयोगले स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहीत वातावरणमा निर्वाचन सम्पन्न गराउन आवश्यक पर्ने निर्वाचन सञ्चालन तथा व्यवस्थापन सम्बन्धी सम्पूर्ण तयारी पूरा भइसकेको जनाएको छ । सबै मतदानस्थलमा निर्वाचन सामग्रीसहित कर्मचारी पुगेका छन् ।

प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि देशभर कूल एक करोड ८९ लाख ८८ हजार ५७० जनाले मतदान गर्ने भएका छन् ।