गोरखा। गोरखाको शहीद लखन गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा बाबुराम मगरले कार्यभार सम्हाल्ने भएका छन्।
शहीद लखन गाउँपालिकाले सोमबार एक कार्यक्रमको आयोजना गरि प्रमुख प्रशासकीय अधिकृत मगर लाइ भब्य स्वागत गरेको थियो।
उक्त कार्यक्रममा पालिकाको अध्यक्ष रमेश थापा मगर, उपाध्यक्ष इन्दिरा तिवारी लगाएत विभिन्न वडाको वडा अध्यक्षहरूको पनि सहभागिता रहेको थियो।
प्रमुख प्रशासकीय अधिकृत मगरको कार्यकालमा समग्र गाउंपालिकाको विकास र अतुलनिय योगदान रहने विश्वास पालिका प्रमुख रमेश थापा मगरले गरेका छन् ।