काठमाडौं । लायन्स क्लब अन्तर्राष्ट्रियको संयोजनमा रहेको लियो जिल्ला परिषद ३२५ जे नेपाल अन्तर्गतको लियो क्लब काठमान्डौं मखमलीले एसइइ दिएर बसेका बिद्यार्थीहरुको लागि लक्षित गर्दै यसै साउन ७ गते साउथवेस्टर्न स्टेट कलेज , वसुन्धरा काठमाडौँमा दिउँसो १ देखि ४ बजे सम्म एसइइ पछिको शैक्षिक परामर्श कार्यक्रम संचालन गर्ने भएको छ ।
एसइइ सकेका बिद्यार्थीहरुमा भविष्यमा के पढ्ने भन्ने कुराले निकै नै अन्यौलता हुने गरको र उनीहरुको उक्त अन्योलतालाइ चिर्न, साथै भविष्यको लागि सहि निर्णय लिन सक्षम बनाउन बिभिन्न क्षत्रका दिग्गज व्यक्तित्वहरूबाट विद्यार्थीहरुलाई परामर्श प्रदान गर्ने उदेश्यले यो कार्यक्रमको आयोजना गर्न लागेको लियो क्लब काठमान्डू मखमलीले जानकारी दिएको छ ।
कार्यक्रमको संयोजन लियो क्लब काठमान्डू मखमलीका ‘युवा तथा शैक्षिक विकास’ संयोजक डायमण्ड रावतले गर्नेछन् ।
अन्तराष्ट्रिय लायन्स क्लबको भातृ संगठन लियो क्लबले समय समयमा बिभिन्न खालका सामाजिक कार्यहरु गर्दै आएको छ । लियोमा आवद्द सविन खनालका अनुसार विद्यार्थी लक्षित कार्यक्रम निशुल्क रहने वताए ।