ठमेल पर्यटन परिषदको अध्यक्षमा भविश्वर शर्मा निर्वाचित (मतपरिणाम सहित)

पर्यटन समाचार

काठमाडौं । ठमेल पर्यटन विकास परिषदको अध्यक्षमा भविश्वर शर्मा निर्वाचित भएका छन् । शनिवार सम्पन्न निर्वाचनबाट ध्रुव अधिकारीलाई हराउँदै शर्मा अध्यक्षमा निर्वाचित भएका हुन् ।

शर्मा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका थिए । उनले ७ सय ७२ मत ल्याए भने उनका प्रतिद्वन्दी ध्रुव अधिकारीले ५ सय ६८ मत मात्रै पाए ।

यस्तै उपाध्यक्षमा गीता गुरुङ र सहदेव धमला निर्वाचित भएका छन् । महासचिवमा राजिव पाण्डे निर्वाचित भएका छन् ।