कृषि विकास बैंकले माग्यो ठूलो संख्यामा कर्मचारी

अर्थ समाचार

काठमाडौं। कृषि विकास बैंकले कर्मचारीको स्थायी पदपूर्ति गर्ने भएको छ। शुक्रबार बैंकले लोकसेवा आयोगको सहमतिमा १५२ पदका लागि दरखास्त आह्वान गरेको हो।

प्रकाशित सूचना अनुसार बैंकले ५ अधिकृत (शाखा प्रमुख), ४७ व्यवसाय अधिकृत (अधिकृत), १७ कम्युटर अधिकृत, तीन इन्जिनियर (सिभिल) र १२ कर्जा अधिकृत मागिएको छ।

त्यस्तै, २३ व्यवसाय सहायक, ६ कानुन सहायक, ५ ऋण सहायक र ४ लेखपालका लागि दरखास्त आह्वान भएको छ। कृषि बैंकले कुल १५२ कर्मचारी माग्दा खुलातर्फ ८२ सिट छ। साउन १२ भित्र आवेदन दिनुपर्नेछ।