एकीकृत समाजवादीका नेताहरु एभरेष्ट होटल पुगेर चिनियाँ नेता भेट्दै

Headlines राजनीति समाचार

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियान्चाओसँग भेटवार्ताका लागि नेकपा एकीकृत समाजवादीका नेताहरु बानेश्वरस्थित एभरेष्ट होटेल पुगेका छन् ।

एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, उपमहासचिव गंगा तुलाधरलगायत नेताहरु एभरेष्ट पुगेका हुन् ।

चारदिने नेपाल भ्रमणमा आउनुएका चिनियाँ नेता लिउले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग पहिलो दिन आइतबार शिष्टाचार भेटवार्ता गर्नुभएको थियो ।

नेता लिउले सोमबार नेकपा माओवादी केन्द्रा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नुभएको थियो भने आठ सदस्यीय चिनियाँ प्रतिनिधिमण्डल आजै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका थिए ।