पोखरा । गण्डकी प्रदेश सरकारबाट बिनियोजीत बजेटमा केही सांसदले सबै आफैंले पारेको भन्दै सामाजिक संजालमा गलत प्रचार गरेका छन् । सत्ता पक्षीय सांसदले जनताको करबाट वितरण गरिएको बजेटमा आफ्नै निजी सम्पत्ति वितरण गरे जस्तो गरि गलत प्रचार गरेका हुन् ।
त्यस मध्य गोरखा क्षेत्र नं २ `ख´ का नेपाली कॉंग्रेसबाट निर्वाचित प्रदेश सांसद प्रकाश चन्द्र दवाडीले क्षेत्र नं २ मा प्रदेश सरकारबाट परेको बजेट सबै आफैले हालेको भनी आफ्नो सांसदको लेटर हेडमा योजनाको सूची प्रकाशित गरेका छन् । सांसद दवाडीले गलत प्रचार गरेको भन्दै उनको चर्को आलोचना भएको छ । उनले सबै बजेट आफ्नै खेतवारी बेचेर दिए जस्तो गरि जनतामा भ्रम छरेको भन्दै एक सांसदले यस बिषयमा प्रदेश सभामा कुरा उठाउने बताए ।
दवाडीले सत्तापक्षकै सांसद मनकुमारी गुरुङ र धनमाय लामाको सिफारिसमा परेको बजेटलाई पनि आफ्नो लेटर प्याड प्रयोग गरि सस्तो लोकप्रियताको लागी प्रचार गरेकोमा प्रदेश सांसदद्वयले दुःख ब्यक्त गरेका छन् । उनिहरुले गुनासो गर्दै भने “सबैको पहलमा बितरण भएको बजेट यसरी एकलौटी प्रस्तुत गर्नु सुहाउदों भएन”।
सांसद दवाडी माथी काम भन्दा हल्ला धेरै गर्ने गरेको आरोप लाग्दै आएको छ । यो पनि मैले गरेको त्यो पनि मैले गरेको भन्दै गर्दै नगरेको कामको समेत उनले जस लिने प्रयास गर्ने गरेको कांग्रेस गोरखाका एक नेताले बताए ।