काठमाडौं । जापानका पु्र्व प्रधानमन्त्री सिन्जो आवेमाथि गोली प्रहार गर्ने व्यक्ति पत्रकार वनेर मन्च नजिक गएको खुल्न आएको छ।
काँधबाट छड्के पारेर झोला बोकेर गएको प्रत्यक्षदर्शिले वताएका छन्। त्यही वोकेको झोलामा पेस्तोल राखेका थिए। पेस्तोल क्यामेरा जस्तो देखिन्थ्यो र उक्त पेस्तोल हत्याराले आफ्नै घरमा बनाएको खुल्न आएको छ।
जापानमा हतियार किनबेच गर्न पाईदैन। पेस्तोललाई कालो टेपले यसरी लपेटेका थिए कि क्यामेराकै आकारको बनेको थियो। पत्रकार जस्तै भएर जानु र क्यामेरा जस्तै पेस्तोल हुनुले उसले सजिलै पूर्व प्रधानमन्त्री शिन्जो आबेलाई निशाना बनायो। उसले पछाडिबाट लगातार दुई फायर गर्यो। दोस्रो फायरमा शिन्जो आबे भुईमा ढले। भुईमा ढलेका उनलाई अस्पताल पुर्याए पनि जीवित रहन सकेनन्। उता गोली प्रहार गरिसके पछि पनि हत्यारा त्यहीँ बसे र भेला भएका मानिसले हत्यारालाई पक्रे र प्रहरीलाई बुझाए।
४१ बर्षीय ती हत्याराको नाम तत्सुया यामागामी रहेको खुल्न आएको छ। उसले प्रारम्भिक बयानमा आफू शिन्जो आबेको नेतृत्वबाट खुसी नभएको बताएका छन्।