काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालबीच कुरा मिलेको छ । राती १० वजे प्राधिकरणमा भएको दुई पक्षिय वार्ता मिलेसँगै बुधबारदेखिको सबै उडानहरु सञ्चालनमा आउने भएको छ ।
रात्रिकालीन बासको विषयमा प्राधिकरण र सञ्चालकबीच विवाद उत्पन्न भएको थियो । संघले बुधबारबाट सबै उडान रद्ध गर्ने निर्णय गरेको थियो । प्राधिकरणमा भएको छलफलमा संघले राखेको मागहरु पुरा गर्नका लागि प्राधिकरण तयार रहेको जानकारी महानिर्देशक प्रदिप अधिकारीले गराएका थिए ।
वार्ताको क्रममा तत्कालै हेलिकप्टरहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नहटाउने र विकल्पमा नलिनचोकमा हेलिप्याड बनाउन लागेको जानकारी गराएका थिए ।
त्योसँगै बाँकी विषयमा बुधबार ११ बजे फेरि वार्ता हुने गरि सहमति भएको एक सञ्चालकले जानकारी दिए । वार्ता मिलेसँगै सबै एयरलाइन्सहरुले दिउँसोदेखि बन्द गरेको बुकिङ खुला गरेको छ ।