नेपाली सेनाका प्रधान सेनापति शर्मा द्वारा लेवनानी पदाधिकारीहरुसँग भेटघाट

अन्तरास्ट्रिय समाचार

काठमाडौं । लेवनान स्थित संयुक्त राष्ट्र संघिय मिशन (UNIFIL) को औपचारिक भ्रमणमा रहेका नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले आज लेवनानका प्रधानमन्त्री नाजिव अज्मि मिकाति संग शिष्टाचार भेटवार्ता गरेका छन्।

त्यसैगरि लेवनानका रक्षामन्त्री मौरिस स्लिम संग पनि भेटघाट गरेका छन्।

उक्त भेटघाटका क्रममा लेवनानमा शान्ति स्थापनार्थ नेपाली शान्ति सैनिकहरुको भूमिका, नेपाल र लेवनान बीचको सैनिक सम्बन्ध तथा दुई राष्ट्रबीच रही आएको पारस्परिक सम्बन्ध एवम् हितका विषयहरुमा छलफल भएको नेपाली सेनाको जनसम्पर्क तथा सुचना निर्देशनालयले जनाएको छ ।