काठमाडौं । उपत्यका प्रहरी अपराध महाशाखाले नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा गोरखाका दुईजना सहित तिनजनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा गोरखा भिमसेन थापा गाउँपालिका— ८ का ४० वर्षीय मोहन पुडासैनी, गोरखा बारपाक सुलिकोट गाउँपालिका— ७ का ३७ वर्षीय विकास अंगाई र काभ्रे पनौतीका ३७ वर्षीय राजकुमार हुमागाईं रहेका छन्।
महाशाखाका प्रवक्ता एसपी कृष्ण कोइरालाका अनुसार आफ्नो नामको शैक्षिक प्रमाणपत्रहरु किर्ते गरी नक्कली बनाएर विभिन्न प्रयोजनका लागि पेश गरेको सूचनाका आधारमा उनीहरुलाई जिल्लाबाट खटिएको प्रहरी टोलीले गत महाराजगन्जबाट प्रमाणपत्रसहित पक्राउ गरेको हो ।
उनीहरुबाट स्नातक तहको नक्कली शैक्षिक प्रमाणपत्र बरामद गरेको उनले बताए । पुडासैनीले नक्कली प्रमाण पत्र बनाउने गरेको एसपी कोइरालाले बताए।
उनीहरुलाई थप कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाएको एसपी कोइरालाले बताए।