गण्डकी प्रदेशका निर्वाचित जनप्रतिनिधिलाई माओवादीको अभिमुखीकरण कक्षा, यस्तो छ कार्यसूचि

राजनीति समाचार

पोखरा। नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेशका निर्वाचित जनप्रतिनिधिलाई अभिमुखीकरण कक्षा दिने भएको छ। स्थानीय तह निर्वाचनमा निर्वाचित जनप्रतिनिधिहरूको लागि अभिमुखीकरण कार्यक्रम गर्न लागेको हो। ह्वाइटहाउस पार्टी प्यालेस, सिर्जना चोक पोखरामा पार्टी अध्यक्ष प्रचण्डको प्रशिक्षणमा जेठ २८ गते शनिबार अभिमुखिकरण कक्षा दिन लागिएको गण्डकी प्रदेश समिति सचिव जगन्नाथ खनाल (दिनेश) ले जानकारी दिए।

गण्डकी प्रदेश समितिले केन्द्रीय सदस्य, केन्द्रीय सल्लाहकार र केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्च सदस्यहरू, प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभाका माननीय सदस्यहरू, प्रदेश समिति सदस्यहरू एवं प्रदेश सल्लाहकार, प्रदेश ज्येष्ठ कम्युनिष्ट मञ्चका अध्यक्ष र सचिव, स्थानीय समिति (महानगर, नगर र गाउँ समिति) का अध्यक्षहरू, जिल्ला समन्वय समितिका निर्वाचित प्रमुख, उपप्रमुख र सदस्यहरू, नगररगाउँ पालिका प्रमुख र उपप्रमुख, वडाध्यक्ष, नगररगाउँ कार्यपालिका सदस्यहरूलाई कार्यक्रममा सहभागि हुन अनुरोध समेत गरेको छ।

निम्नानुसार प्रवेश शुल्क तोकिएको छ:

१.संघ र प्रदेशका माननीय सांसद, जिल्ला समन्वय समिति प्रमुख, उपप्रमुख र सदस्यहरू, नगररगाउँ पालिका प्रमुख र उपप्रमुख ( रू। १०००र(
२. पार्टी के।स।, निर्वाचित वडाध्यक्ष र कार्यपालिका सदस्यहरू( रू। ५००/-
३.प्रदेश पार्टी सदस्य, स्थानीय पार्टी समिति अध्यक्ष- रू ३००/-

साथै जेठ २९ गते प्रदेश समितिको पूर्ण बैठक (स्थानीय निर्वाचन समीक्षा बैठक) ह्वाइटहाउस पार्टी प्यालेस, सिर्जना चोक पोखरामा बस्ने भएकोले सम्पूर्ण प्रदेश समिति सदस्यहरूलाई सहभागि हुन अनुरोध गरेको छ।