पत्रकार महासंघ रेडियो टेलिभिजन विभागमा गोरखाका पत्रकार श्रेष्ठ मनोनित

समाचार

गोरखा । नेपाल पत्रकार महासंघ गोरखाका पुर्व अध्यक्ष भिमलाल श्रेष्ठ रेडियो टेलिभिजन समन्वय विभागको सदस्यमा मनोनित भएका छन् ।

पत्रकार महासंघ केन्द्रिय समितिले गठन गरेको विभागमा श्रेष्ठ मनोनित भएका हुन् ।

नेपाल पत्रकार महासंघको महासंघको विधानका उद्देश्यहरुको परिपूर्ति र महासंघको हित सम्बर्धन गर्न विभिन्न विभाग निर्माण गरिरहेको र सो अन्तरर्गत रेडियो टेलिभिजन समन्वय विभाग गठन गरेको जनाएको छ ।