मेयर बालेन संग भेटेर देउवाले भने, महानगरको कार्यपालिकामा कांग्रेसको बहुमत छ, विकासको काममा सहयोग हुन्छ

Top Post राजनीति समाचार

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेका छन् ।

बालेनले प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर प्रधानमन्त्री देउवासँग भेटेका हुन् ।

भेटमा देउवाले ५ वर्षको कार्यकालमा पूर्ण समर्थन गर्ने आश्वासन दिएका छन् । ‘महानगरको कार्यपालिकामा कांग्रेसको बहुमत छ, विकासको काममा सहयोग हुन्छ, फोहोर व्यवस्थापनका लागि जेजे उपाय हुन्छ लगाउनुहोला, सबैको सहयोग हुन्छ,’ भेटमा देउवाले भने ।