भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल चढेको गाडी दुर्घटना

Headlines समाचार स्वास्थ्य

चितवन । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल सवार गाडी दुर्घटनामा परेको छ । उनी सवार ल्याण्ड क्रुजर गाडी शुक्रबार दिउँसो ललितपुरको जावलाखेलस्थित स्टाफ कलेज नजिकै दुर्घटना भएको ललितपुर प्रहरी स्रोतले जनाएको छ ।

प्रहरीका अनुसार उनी सवार गाडी गुडिरहेको बेला अचानक टायर पन्चर भएपछि पोलमा ठोक्किन पुगेको थियो । गाडी पोलमा ठोक्किँदा उनको दाहालको टाउकोमा चोट लागेको प्रहरी स्रोतका भनाइ छ । टाउकोमा चोट लागेपछि उनलाई धापाखेलस्थित सुमेरु अस्पतालमा लगिएको थियो भने टाउकोमा टाँका लगाइएको प्रहरीको भनाइ छ । उनको अवस्थामा भने खतरामुक्त रहेको प्रहरी स्रोतका भनाइ छ ।

भरतपुर महानगरपालिकाको मेयर पदमा विजयी भएसँगै उनी काठमाडौं आएर खुमलटारमा बस्दै आएकी थिइन् ।