१७ वैशाख, गोरखा। स्थानीय चुनाव को लहर चलिरहेको बेला गोरखामा पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईको दवावमा गोरखाका दुई नगरमा चुनावी तालमेलको असफल प्रयास भएको छ ।
गठबन्धन नहुने र मित्रबत प्रतिस्पर्धा गर्ने निणयको साथ गोरखामा गठबन्धन दलहरु आ-आफ्नै तरिकाले उमेदवारी दर्ता गरेका थिए ।
उमेदवारी फिर्ता लिने अन्तिम समयमा आएर केन्द्रबाट पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईको दवावमा पालुङटार नगरपालिका मेयर जसपालाई दिने र गोरखा नगरपालिका मेयर कॉंग्रेसलाई सहयोग गर्ने गरी शेर बहादुर देउबा को ठाडो हस्तक्षेप गरेपनि उम्मेदवार को फिर्ता लिने समय गुज्रीसकेपछी केन्द्र बाट गएको ईमेलका कारण कॉंग्रेस पालुङटार मेयरका प्रत्यासि दिपक बाबु कंडेलको उम्मेदवारी जोगिएको छ ।
देउवाले उम्मेदवार फिर्ता बोलाउने पत्र निर्वाचन अधिकृतको कार्यालय पालुङटारमा नभई मूख्य निर्वाचन अधिकृतको कार्यालय गोरखामा पठाए । पाँच बजे भित्र पालुङटार जानुपर्ने उम्मेदवारी फिर्ताको पत्र ५ः५० मा मात्र आईपुगेको निर्वाचन अधिकृत गोकर्णराज पन्तले बताए ।
‘५ बजे भित्र पत्र आएको भए उम्मेदवारी फिर्ता हुन्थ्यो, हामीले नाम सार्वजनीक गरेपछि पत्र पाएका छौँ’ उनले भने ‘उम्मेदवारी कायम छ ।’ पत्रमा निर्वाचन अधिकृतको कार्यालय पालुङटारलाई संवोधन गरिएको छैन ।
समयमै आधिकारिक पत्र निर्वाचन अधिकृतको कार्यालयले प्राप्त नगर्दा देउवाले फिर्ता लिएका मेयर कंडेलको नाम अन्तिम नामावलीमा टाँस गरिएको छ ।
स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २३ (५) मा उल्लेख भए अनुसार केन्द्रिय समितिले उम्मेदवार फिर्ता बोलाउन सक्ने ब्यवस्था छ ।
अन्तिम नामावलीमा नाम टाँस भएकाले अब निर्वाचन प्रक्रियामा सहभागी हुनुको बिकल्प नरहेको मेयर पदका उम्मेदवार दिपकबाबु कंडेलले बताए ।