माओवादी केन्द्रले दियो गोरखाका ११ पालिकामा उम्मेदवारी, शहिद लखनमा पुन थापा

Headlines पालिका बिशेष राजनीति समाचार

१२ वैशाख, गोरखा। स्थानीय तहको निर्वाचनका लागि नेकपा माओवादी केन्द्र गोरखाले ११ वटै पालिकामा प्रमुख, उपप्रमुखमा उम्मेदवारी दर्ता गराएका छन् । २ नगरपालिका र ९ गाउपालिका सहित ११ वटा पालिकामा उम्मेदवारी दर्ता गराएका हुन् ।

गोरखा नगरपालिकाको मेयरमा कृष्ण राना र उपमेयरमा धना तमु कोईरालाले उम्मेदवारी दर्ता गराएका छन् । पालुङटार नगरपालिका मेयरमा बिवस चिन्तन, उपमेयर बन्दना पाण्डेले उम्मेदवारी दिएका छन् ।

भिमसेन थापा गाउँपालिका अध्यक्षमा लोकप्रसाद बञ्जरा, उपाध्यक्ष जुनु श्रेष्ठ, अजिरकोटमा अध्यक्षमा दिपक देवकोटा, उपाध्यक्ष अनिता भुजेल, धार्चेमा अध्यक्षमा लक्ष्मण गुरुङ, उपाध्यक्ष सुनिला गुरुङ, बारपाक सुलिकोटमा यस अघिकै अध्यक्ष बिष्णु भट्ट र उपाध्यक्षमा सनमाया गुरुङ, गण्डकी गाउँपालिका अध्यक्षमा दिपक तिमल्सिना, उपाध्यक्ष पार्वती गुरुङले उम्मेदवारी दर्ता गराएका छन् ।

आरुघाट गाउँपालिकाका अध्यक्षमा ऋषि खनाल, पार्वती सापकोटा, सिरानचोक गाउँपालिका अध्यक्षमा नवराज पुडासैनी, पूर्णकुमारी कंडेल, चुमनुब्री गाउँपालिका अध्यक्षमा निमा लामा र उपाध्यक्षमा लक्ष्मी गुरुङले उम्मेदवारी दर्ता गराएका छन् । शहीदलखन गाउँपालिका अध्यक्षमा रमेश थापा मगर र उपाध्यक्षमा इन्दिरा तिवारीले उम्मेदवारी दर्ता गराएका छन् । यी दुबै दोहोरिएका हुन् ।