गण्डकी गाउँपालिका चुनाव: गठवन्धन विना चुनाव लड्ने माओवादी केन्द्र निर्णय

पालिका बिशेष राजनीति समाचार

९ बैशाख, गोरखा । नेकपा माओवादी केन्द्र गण्डकी गाउँपालिकाले आफ्नै नेतृत्वमा चुनावमा होमिने निर्णय गरेको छ । माओवादी केन्द्र गण्डकी गाउँपालिकाको शुक्रवार बसेको बिस्तारित बैठकले पलिकामा एकल ढंगले चुनावमा होमिने निर्णय गरेको हो ।

गण्डकी गाउँपालिकामा माओवादी बलियो शक्ति भएकाले एक्लै चुनावमा जादा जित हासिल हुने निश्कर्श बैठकले निकालेको एक नेताले जानकारी दिए । बैठकमा सहभागीहरुले एक्लै चुनावमा होमिन नेतृत्वलाई सुझाव दिएका थिए ।