सत्ता गठबन्धनको बैठक बसिरहेका बेला अमेरिकी राजदूत किन छिरे बालुवाटार ?

Headlines राजनीति समाचार

५ चैत, काठमाडौं । सत्ता गठबन्धनबीच भागबण्डाको बैठक बसिरहेका बेला नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरी प्रधानमन्त्री निवास बालुवाटारमा छिरेका छन् ।

प्रधानमन्त्रीको सचिवालय स्रोतले भने पूर्व निर्धारित भेटघाटअनुसार नै राजदूत बालुवाटार आएको जनाएको छ ।

गठबन्धन बैठक भइरहेका बेला अमेरिकी राजदूतको झण्डावाल गाडी बालुवाटारस्थित प्रधानमन्त्रीको भेटघाट कक्षतर्फ गएको हो । वैठक चलिरहंदा राजदुत वालुवाटार जानुले अस्वभाविक रूपमा हेरिएको छ र सामाजिक संजालमा तिव्र आलोचना पनि भईरहेको छ।