शहिद लखन ७ को वडाध्यक्षमा माओवादीबाट दिपक खनाल

पालिका बिशेष समाचार

२२ चैत, गोरखा । स्थानीय तहको निर्वाचन मिति नजिकिदै जादा आकाक्षीहरुले आ-आफ्नो दावी प्रस्तुत गर्न थालेका छन् । आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुने भएसंगै मुख्य दलबाट आकाक्षीहरुको चर्चा हुन थालेको हो । स्थानीय तहमा कसैले आफ्नो दाबीनै अघि सारेका छन् भने कसैको भने स्वभाविक चर्चा हुन थालेको छ ।

त्यस मध्य नेकपा माओवादी केन्द्र गोरखाको शहिद लखन गाउँपालिका वडा नम्बर ७ को वडा अध्यक्षमा दिपक खनालले उम्मेदवारी दिने चर्चा चलेको छ । वडाध्यक्षका आकांक्षी खनालले भने, मेरो उम्मेदवारी स्वभाविक हो तर पार्टीले लिने निर्णयलाई भने स्विकारेर जाने वताए। पार्टीको धेरै साथिहरूको दावी रहन सक्छ, सहमति वाट अघि वढ्ने पनि खनालले वताए। निरन्तर वाम राजनीतिमा सक्रिय खनाल पछिल्लो समय उक्त वडामा माओवादी केन्द्रकको अध्यक्ष को रुपमा सक्रिय रहदै आएका छन् ।

खनाल माओवादी केन्द्रबाट उक्त वडाका बलिया उम्मेद्बार रहेको वडावासिहरू वताउंछन्। स्थानीय जनताविच लोकप्रिय खनाल जनताको काममा निरन्तर सक्रिय रहदै आएका छन् ।

उक्त वडामा माओवादीको जनाधार राम्रै भएपनि दिपक खनाल जित्ने उम्मेदवार भएको स्थानीय माओवादी नेता/कार्यकर्ता बताउँछन् । गएको निर्वाचनमा उक्त वडा नेपाली कांग्रेसले जितेको हो ।