३० फाल्गुन, काठमाडौं । चिनियाँ राजदूत होउ यान्छीले भर्खरै एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएको छ । उहाँहरुबीच बालकोटस्थित ओली निवासमा कुराकानी भएको हो ।
ओलीलाई भेट्न राजदूत बालकोट पुगी झण्डै डेढ घण्टा वार्ता गरेर बालुवाटारस्थित दूतावास फर्कनुभएको छ ।
चैत १२ गते नेपाल आउने आफ्ना विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ्ग यीको सरकारसहित दलका नेताहरुसङ्गको शिष्टाचार भेटवारे त्यस अवसरमा छलफल भएको ओलीका स्वकीय सचिव राजेश बज्राचार्यले बताए ।