३ माघ, गोरखा । सिरानचोक गाउँपालिका ६ को चिलाउनेमा आगो ताप्ने क्रममा आज बिहान ११ बर्षिया बालिकाको ज्यान गएको छ । गोरखा नगरपालिका २ को कोखे आहालेमा फुपु दिदी संग बस्दै आएकी ११ बर्षिया बालिका समिना परियारको मामा घरको गोठमा आगो ताप्ने क्रममा ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय गोरखामा प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी प्रकाश दाहालका अनुसार माघे संक्रान्ति मनाउन मामा घर गएका थिए । मंगलबार बिहान हजुर बुवा र हजुर आमालाई चिया खुवाएर नजिकै रहेको गोठमा आगो ताप्ने क्रममा ढिला समयसम्म पनि नआए पछि गोठमा गएर हेर्दा श्वास लिन गारो भएको अवस्थामा फेला परेको थियो ।
बालिकालाई गाँखुको स्वास्थ्य चौकीमा सामान्य उपचार पछि थप उपचारको लागी गोरखा अस्पताल ल्याएकोमा गोरखा अस्पतालका चिकित्सकहरुले मृत्त घोषित गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको हो ।
बिहान १० बजे घटेको घटना लगत्तै प्रहरीले बालिकालाई उद्वार गरी स्वास्थ्य चौकी ल्याएको र प्रहरीकै सहायतामा गोरखा अस्पतालमा ल्याईएको थियो । गोठ अत्यन्तै साघु रहेको र धुवाका कारण निसास्सीएको हुन सक्ने प्रहरीको प्रारम्भीक अनुसाधानले देखिएको सूचना अधिकारी दाहालले जानकारी दिए ।