राप्रपा अध्यक्षमा विजयी लिङ्देनलाई कमल थापाले दिए बधाई

Top Post राजनीति समाचार

१९ मंसिर, काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् । अध्यक्षका प्रत्यासी कमल थापाले आफ्नो हार स्वीकार गर्दै लिङ्देनलाई बधाई दिएका हुन् ।

निर्वाचनको अन्तिम मत परिणाम ‍औपचारिक रुपमा घोषणा हुन बाँकी नै छ । लिङ्देनले थापालाई १०० बढी मतले जितेका हुन् ।

निर्वाचन समितिका सह सदस्य सचिव झनक प्याकुरेलले ३९ सय १७ मत खसेको जानकारी दिए । उनकाअनुसार ४३ सय ८० मतदाता रहेकोमा ५ सयभन्दा बढी अनुपस्थित भएका छन् । प्रदेशअनुसार प्रदेश १ बाट ७७६, प्रदेश २ बाट ५७३, बागमतीबाट ८९०, गण्डकीबाट ४०२, लुम्बिनीबाट ५९५, कर्णालीबाट ३०९, सुदूरपश्चिम प्रदेशबाट ३७२ मत खसेको छ ।