नेपाल परिवार दलको अध्यक्ष र महामन्त्रीमा गोरखाका ढकाल र थापा चयन

राजनीति समाचार

०५ मंसिर, काठमाडौं । नेपाल परिवार दलका तस्रो राष्ट्रिय महाधिबेसन अध्यक्ष र महामन्त्रीमा गोरखाका एकनाथ ढकाल र प्रकाश बाबू थापा लाई निर्वाचित गदै सम्पन्न भएको छ । शनिबार सुरु महाधिवेशन अध्यक्षमा ढकाललाई निर्वाचित गर्दै आईतबार सकिएको हाे । गोरखाकाे भिमसेन थापा गाउँपालिका बाेर्लाङ्गका ढकाल पार्टीका संस्थापक अध्यक्ष समेत हुन ।

‘सबैखाले विभेदको अन्त्य गरौँः सुःसंस्कृत, समृद्ध र समावेशी नेपाल निर्माण गरौँ’ भन्ने नारा तय गरेको महाधिवेशनले नयाँ नेतृत्वसँगै नयाँ राजनीतिक प्रतिवेदनसमेत पारित गरेको छ । महाधिबेसनले प्रत्यक्ष निर्बाचीत कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्बाचन प्रणाली र संबिधा सुधार आयोग लगायतको बिषयलाई पारित गरेको छ ।

अधिबेसनबाट बरिष्ट उपाध्यक्षमा विनोद डाँगी उपाध्यक्षमा गणेशकुमार श्रेष्ठ, महामन्त्री सन्तोष कुमार पौडेल र महामन्त्रीमै प्रकाशबाबु थापा चयन भएका छन् । महामन्त्री बनेका मध्येका थापा समेत गोरखाका स्थायी बासिन्दा हुन । यसैगरी ५ जना सह–महामन्त्रीमा क्रमश संबिधासभा सदस्य मानानिय मिलन कुमारी राजवंशी, रुपसिँह भण्डारी, मनोज कुमार सुर्खेति, अब्दुल कैयुम शाह,अशोक कुमार चौधरी, कोषाध्यक्षमा गोविन्द नाथ मिश्र सहकोषाध्यक्षमा बुद्धि माया पुन मगर चयन भएका छन् ।