नायिका तथा मोडल एलिजा गौतम द्वारा घुंईचोमा हस्ताक्षर

मनोरन्जन समाचार

१ मंसिर, काठमाडौं । नायिका तथा मोडल एलिजा गौतमले घुंईचोमा हस्ताक्षर गरेकी छन् । क्यानडाबाट फर्किएको केही समयपछि एलिजाले रामजी दैलेखीको निर्माणमा बन्न लागेको चलचित्र ‘घुइँचो’मा हस्ताक्षर गरेकी हुन् ।

निर्माता दैलेखी र नायिका गौतमले सम्झौता पत्रमा हस्ताक्षर गरे । आरजे म्यूजिक एण्ड मिडियाको ब्यानरमा बन्ने यो चलचित्रले एउटा दुर्गम गाउँको युवाको अमेरिकासम्मको यात्राको कथा भन्नेछ ।

एलिजाले चलचित्र साइन गरेपछि खुशी हुँदै भनिन्, ‘मैले लामो समयदेखि यस्तै कथाको प्रतीक्षा गरिरहेको थिएँ । ‘घुइँचो’मा खोजे जस्तै कथा पाएपछि काम गर्न तयार भएको हुँ ।’

जुम्लाको एक सामान्य परिवारको युवाको अमेरिका जानका लागि देखिएको आशक्ति र त्यहाँको भीडमा प्रवेश गरेपछि आउने परिवर्तनको कथामा चलचित्र बन्नेछ ।’