चर्चित हास्य कलाकार गजुरेलले गरे दोस्रो बिहे

मनोरन्जन समाचार

२५ असोज, काठमाडौँ। चर्चित हास्य कलाकार मनोज गजुरेलले दोस्रो विवाह गरेका छन् ।

उनले मञ्जु पोखरेलसँग विवाह गरेका हुन् । सामाजिक संजालमा एक लामो पोष्ट गर्दै गजुरेलले आफुले विवाह गरेको जानकारी दिएका छन् ।

मञ्जु पोखरेल नेपाल सरकारको न्याय सेवाकी अधिकृत हुन् । उनको ४ वर्ष अगाडि मीना ढकालसँग सम्बन्धविच्छेद भएको थियो ।